Kathmandu Press

विराटनगटरले सार्वजनिक गर्‍यो जर्सी, कप्तानमा वेस्टइन्डिजका म्याकार्थी 

बुधबार एक कार्यक्रम आयोजना गर्दै विराटनगरले जर्सीसँगै टिम पनि सार्वजनिक गरेको छ। कार्यक्रममा विराटनगरले कताप्नीका जिम्मा वेस्टइन्डिजका आन्द्र म्याकार्थीलाई दिएको छ।
विराटनगटरले सार्वजनिक गर्‍यो जर्सी, कप्तानमा वेस्टइन्डिजका म्याकार्थी 

काठमाडौं, पुस ६ : नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–२० लिगका लागि विराटनगर सुपर किंग्सले जर्सी सार्वजनिक गरेको छ। 

बुधबार एक कार्यक्रम आयोजना गर्दै विराटनगरले जर्सीसँगै टिम पनि सार्वजनिक गरेको छ। कार्यक्रममा विराटनगरले  कप्तानको  जिम्मा वेस्टइन्डिजका आन्द्रे  म्याकार्थीलाई दिएको छ। म्याकार्थीले वेस्टइन्डिजबाट २ एकदिवसीय र १ टि–२० खेलेलेका छन्। उनी क्यारेबियनर प्रिमियर लिग जमैका तलावासबाट खेल्छन्।

यस्तै, पुस ८ देखि २६ गतेसमम कीर्तिपुरस्थित टियू मैदानमा आयोनजा हुने प्रतियोगिताका लागि विराटनगरले जिम्बाबेका अनुभवी अलराउन्डर सिकन्दर राजा, पाकिस्तानका हुसेन टलट, अमेरिकन क्रिकेटर गौरान्शु शर्मा राज रकी नानन तथा वेस्टइन्डिजका कियोन जोसेफलाई अनुबन्धन गरेको छ। 

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल छन्। उनीसँगै टिममा अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमरसिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदिप ऐरी, पृथु बास्कोटा, रिजन ढकाल छन्।

विराटनगरले पुस ९ गते लुम्बिनी अल स्टारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। प्रतियोगितामा विराटनगरसँगै काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, र लुम्बिनी अल स्टार सहभागी छन्। 
 

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, पुस ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्