Kathmandu Press

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ द इअर अवार्ड 

मेसीलाई वर्ल्ड स्पोर्ट स्टार अफ द इअर अवार्ड 

काठमाडौं, पुस ५ : अर्जेन्टिनी फुटबल टिमका कप्तान लिओनल मेसीलाई बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् । 

कतार विश्वकप जितेलगत्तै बीबीसीले मेसीलाई २०२२ का लागि वर्ल्र्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्रदान गरेको हो । मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै कतार विश्वकपको उपाधी उचालेको थियो ।  अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मेसीको यो पहिलो विश्वकप उपाधि हो । उनले कतार विश्वकपमा गोल्डेन बल समेत जितेका थिए ।

मेसीले यस विश्वकपमा ७ खेलमा ७ गोल गरे । विश्वकप उपाधि जितेपछि मेसी विश्वकै महान खेलाडीको सूचीमा समावेश भएका छन् र पेले र म्याराडोनाको लेभलमा पुगेका छन् । 

अर्जेन्टिनालाई पहिलो उपाधि दिलाएपछि मेसीले सन्यास नलिने समेत प्रष्ट पारेका छन् र विश्व च्याम्पियन खेलाडीको रुपमा अझै खेल्ने चाहना भएको बताएका छन् ।

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, पुस ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्