Kathmandu Press

मुम्बईमा नेपालले जित्यो १० स्वर्ण

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको मुम्बइबाट प्रतियोगिता रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन्।
मुम्बईमा नेपालले जित्यो १० स्वर्ण

काठमाडाैं, पुस ४ : भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक जितेकाे छ।

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेता समेत रहेका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम काता तर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए।

यसै गरि श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जिते। श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जितिन्। श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन् । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन् ।

नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन्।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र ब्यवस्थापकमा सानुभाई थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रशियाका गरि ४२५ खेलाडीहरूको सहाभागिता रहेको थियो।

सोहि प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली करातेका बरिष्ठ प्रशिक्षक हिरा सिंह डङ्गोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डंगोलले जानकारी गराए।

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्