Kathmandu Press

कतार विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल

सन् १९९८ र २०१४ मा भएका विश्वकप समान १७१ गोलभन्दा यो १ गोल मात्र बढी हो।
कतार विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल

दोहा, पुस ४ : कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ। यो वर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान बनेको छ। 

सन् १९९८ र २०१४ मा भएका विश्वकप समान १७१ गोलभन्दा यो १ गोल मात्र बढी हो।

स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ खेल गोलरहित बराबरी भएका थिए। 

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ।

यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ। फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ। 

आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए।

फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भयाे।

कतार विश्वकपमा सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पे बने। उनले पेनाल्टीसहित ८ गाेल गरे। मेसीले फाइनलमा दुईसहित कुल ७ गोल गरे । प्रफान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले समान चार गोल गरेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्