Kathmandu Press

मेसीले भने– तत्काल सन्यास लिन्नँ, विश्व च्याम्पियनका रुपमा अझै केही खेल खेल्न चाहन्छु

 अर्जेन्टिनाका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने भएका छन् । 
मेसीले भने– तत्काल सन्यास लिन्नँ, विश्व च्याम्पियनका रुपमा अझै केही खेल खेल्न चाहन्छु

काठमाडौं, पुस ४ : अर्जेन्टिनाका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने भएका छन् । 

आइतबार राति कतार विश्वकपको उपाधि जितेपछि टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वातामा मेसीले तत्काल सन्यास नलिने बताएका हुन् । ‘खेल जीवनको लगभग अन्त्यतिर सफलता प्राप्त भयो । अझै केही समय राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु,’ मेसीले भने, ‘विश्व च्याम्पियन भएर अझै केही खेलहरु खेल्न चाहन्छु । 

यसअघि मेसीले कतार विश्वकप नै आफ्ना लागि अन्तिम विश्वकप हुनसक्ने बताएका थिए । तर, उच्च लयमा रहेको मेसीले तत्काल सन्यास नलिने बताएका हुन् ।  

पाँचौँ पटक विश्व कप खेलेर उपाधि जिताएका मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । फ्रान्ससँगको फाइनल खेलमा उनले विश्व कपमा आफ्नो २६औँ खेल खेले । अहिलेसम्म विश्व कपमा २६औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी हुन् । यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलेका हुन् ।

मेस्सीले फिफा विश्व कप–२०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । अर्जेन्टिनाले कतारमा विश्व कपको उपाधि जित्दा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् । 

 

प्रकाशित मिति: ११:३५ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्