मार्टिनेजलाई गोल्डेन ग्लोभ्स, फर्नान्डेज उत्कृष्ट युवा खेलाडी
उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि मार्टिनेजले जिते हुन् ।
काठमाडौं, पुस ४ : अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले प्रतियोगिताको उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जित्न सफल भएका छन्।
उनले फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा एउटा पेनाल्टी जोगाएका थिए भने क्वार्टरफाइनलमा नेदरल्यान्ड्सको पनि एउटा पेनाल्टी प्रहार विफल बनाएका थिए।
लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो। हारबाट प्रतियोगिताको सुरुआत गरेको मेसी प्रेरित अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–३ले हरायो।
यस्तै, अर्जेन्टिनाकै एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन्। २१ वर्षिय मिडफिल्डर एन्जो फर्नान्डेजले मेक्सिकोविरुद्ध एक गोल गरेका थिए।
गोलभन्दा पनि उनले मिडफिल्डबाट बल र खेल कन्ट्रोल गर्दै अर्जेन्टिनाको विश्व च्याम्पियन बन्ने यात्रामा महत्वपूर्ण भमिका खेलेका थिए।
यसैगरि, लियोनल मेसीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भएका थिए।











