Kathmandu Press

मेसी बने विश्वकपकै सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले जारी विश्वकपमा कैयौं नयाँ रेकर्ड बनाए भने धेरै रेकर्ड समेत तोड्दै विश्वकप नै जित्न सफल भएका छन्।
मेसी बने विश्वकपकै सर्वोत्कृष्ट खेलाडी

काठमाडाैं,  पुस ४ : कतारमा आयोजित विश्वकप २०२२ मा अर्जेन्टिनाका लियोनल मेसीले ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड जितेका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले ‘गोल्डेन बल’ जित्न सफल भए।

अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले जारी विश्वकपमा कैयौं नयाँ रेकर्ड बनाए भने धेरै रेकर्ड समेत तोड्दै विश्वकप नै जित्न सफल भएका छन्। उनले विश्वकपमा पोल्यान्डविरुद्धको समूहचरणको एउटा खेलमा बाहेक हरेक खेलमा गोल गरेका थिए।

विश्वकपमा उनले खेलेका कुल ७ खेलमा ७ गोल गर्दै ३ असिस्टसमेत गरेका थिए। कुशल कप्तानी र उत्कृष्ट प्रदर्शन गरेका मेसीले विश्वकपको सर्वोत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जितेको यो दोस्रोपटक हो।

यसअघि सन् २०१४ को विश्वकपमा पनि मेसीले गोल्डेन बल जितेका थिए।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्