नेताहरुले के भने ‘जनयुद्ध दिवस’का अवसरमा
काठमाडौं, फागुन १ : आज नेकपाका नेता कार्यकर्ता २३औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् ।
तत्कालीन नेकपा (माओवादी)ले आजकै दिन अर्थात २०५२....

काठमाडौं, फागुन १ : आज नेकपाका नेता कार्यकर्ता २३औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् ।
तत्कालीन नेकपा (माओवादी)ले आजकै दिन अर्थात २०५२ फागुन १ गते ‘जनयुद्ध’ शुरु गरेको थियो । दश वर्षसम्म चलेको ‘जनयुद्ध’मा १७ हजार नेपालीको ज्यान गएको छ । अझै कयौं वेपत्ता छन भने कयौं अपाङ्ग बनेका छन् ।
तत्कालीन माओवादी नेता–कार्यकर्ताले आजको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउने गरेको छ । तत्काली नेकपा (माओवादी) र नेकपा (एमाले) एकीकरण भएर बनेको नेकपाले पनि ‘जनयुद्ध दिवस’ मनाउन थालेको छ । केन्द्रमा ठूला कार्यक्रम नगरेपनि जिल्ला र प्रदेशमा भने सभा, समारोह आयोजना गरिदै छ ।
आजको दिनलाई नेकपासँगै दलका नेताले कसरी लिएका छन् ? केही नेताहरुले आज बिहानै ट्वीटर र फेसबुकमा आफ्नो विचार राखेका छन् । उनीहरुका विचार जस्तोको त्यस्तै पढ्नुस् ।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसका कुनै प्रतिक्रिया दिएका छैनन् । नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका छन् । उनको भनाइ भिडियोमा ।
डा.बाबुराम भट्टराईले ट्वीटमा लेखेका छन्ः
नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं! pic.twitter.com/4VNyxrsCp9
— Baburam Bhattarai (@brb1954) February 13, 2019
राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गरेका छन्
२३बर्षअघि माओवादीले राज्यबिरुद्ध हिंसा/आतंकको जगमा शुरुगरेको सशस्त्रयुद्धको क्रममा १७००० मार्ने/मराउने कामभयो,अरबौको सम्पत्ति नष्ट भए,हिन्दुराष्ट्रको पहिचान समाप्त पारियो,राजसंस्था पाखा लगाईयो,संघियता लादियो।आखिर देश र जनताले के पायो?
— Kamal Thapa (@KTnepal) February 13, 2019
अब विगतका त्रुटि सच्याएर अघिबढ्ने बेला भएन र?











