Kathmandu Press

मेसीका लागि च्याम्पियन बन्ने अर्जेन्टिनाको लक्ष्य, उपाधि रक्षाको अभियानमा फ्रान्स

अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्न सक्छ वा सक्दैन, त्यो मेसीकै प्रदर्शनमा भर पर्छ ।
मेसीका लागि च्याम्पियन बन्ने अर्जेन्टिनाको लक्ष्य, उपाधि रक्षाको अभियानमा फ्रान्स

काठमाडौं, पुस ३ : विश्वकपको फाइनलमा आज राति अर्जेन्टिना र फ्रान्स आपसमा भिड्दा सबैको ध्यान लियोनल मेसीमा मात्रै केन्द्रित हुनेछ । किनभने उनी विश्वकपको अन्तिम खेल खेलिरहेको छन्, र उपाधि जित्दै आफूलाई सर्वकालिन महान खेलाडी बनाउन चाहन्छन् ।

यसका लागि उनले आज राति ८:४५ बजे लुसेल रंगशालामा  डिफेन्डिङ च्याम्पियन फ्रान्सको चुनौती पन्छाउनु पर्नेछ । प्रतियोगितामै सबैभन्दा ब्यालेन्स देखिएको टिम फ्रान्सलाई हराउनु मेसी र उनको टिमका लागि त्यति सहज कुरा होइन । 

अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्न सक्छ भने त्योृ मेसीकै प्रदर्शनमा भर पर्छ । प्रशिक्षक लियोनल स्कालोनी मेसीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने अपेक्षा गरेका छन्। सर्वोत्कृष्ट खेलाडीको करिअरलाई थप सुन्दर बनाउने बनाउँदै स्कोलानीले मेसीको करिअरलाई त्यो उचाई दिन पुरै टिमले हरसम्भप प्रयास गर्ने बताए। 

messi1671345371.jpg

यता, फ्रान्स पनि लगातार दोस्रो पटक उपाधि जित्दै ब्राजिलको कीर्तिमान बराबरी गर्न चाहन्छन्। त्यसका लागि फ्रेन्च टिम तयार छ। प्रतियोगिताको ठीकअघि आफ्ना महत्वपूर्ण केही खेलाडी घाइते भएपनि डिडियर डेसच्याम्पको टिमले त्यसको असर मैदानमा पर्न दिएको छैन । उनको टिम निकै सन्तुलित देखिएको छ।

यदि फ्रान्स उपाधि रक्षा गर्दैै तेस्रो पटक विश्व च्याम्पियन बन्ने हो त्यसका लागि युवा स्टार किलियन एम्बाप्पे र ओलिभर जिरुड फ्रन्टमा छाउनु पर्ने छ भने मिडमा एन्टोइन ग्रिजमन र ओरालेन चुवामेनी तथा डिफेन्समा राफेल भरान, डायोट उपमेकानो र जुल्स कुन्डेको प्रदर्शन महत्वपूर्ण हुनेछ।

प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका मेसीलाई रोक्नु फ्रान्सलाई त्यतिसहज भने हुनेछैन । यस्तै, युवा स्ट्राइकर जुलियन अल्भारेज, एन्जेल डि मारियालगायत पनि फ्रान्सका लागि टाउको दुखाई बन्न सक्छन् । किनभने उनीहरु जस्तोजुकै मजबुद डिफेन्स पनि भत्काउन माहिर छन्। 

यता, अर्जेन्टिनी डिफेन्सका लागि एम्बाप्पेको तीव्र गति र सटिक प्रहार, डिबक्समा खतरानाक जिरुड र ग्रिजमनको सिटक पास टाउको दुखाई बन्न सक्छ। यी तीनलाई रोक्ने अर्जेन्टिनी डिफेन्स निकै सतर्क रहनु पर्नेछ।

आफ्नो जर्सीमा तेस्रो स्टार बनाउन प्रयासरत यी दुई टिमबीचको भीडन्तलाई मेसी र एम्बाप्पेको भीडन्तका रुपमा पनि हेरिएको छ। यी दुईमा धेरै समानता छ, क्लबका ‘मेट’ अहिले प्रतिस्पर्धी छन्। १० नम्बरको लिजेन्डरी जर्सीमा देखिने दुवैले प्रतियोगितामा समान ५ गोल गरेका छन्। 

सँगै यो फाइनललाई अर्जेन्टिनाको भावनात्मक एकता र फ्रान्सको सन्तुलिन्त टिमबीको भीडन्तका रुपमा पनि हेर्न सकिन्छ । आफ्ना सुपरस्टार विश्वकपको अन्तिम खेलिरहेकाले मेसीका लागि अर्जेन्टिना टिम भावनात्मक रुपमा एकतावद्ध छ । यता, फ्रान्सको टिम सन्तुलित देखिएको छ, कुनै एक खेलाडीमा मात्र निर्भर छैन।

mbappe1671345371.jpg

यो फाइनल दक्षिण अमेरिका र युरोपियन फुटबलको प्रतिष्ठाको लडाइँ पनि हो । करिब शताब्दी लामो विश्वकप इतिहासमा यी दुई महादेशबाहिरका टिमले फाइनल खेलेका छैनन्। हालसम्म युरोपियन टिमले १२ र दक्षिण अमेरिकी टिमले ९ उपाधि जितेका छन्। 

यी टिम आसमा १२ पटक भिडेका छन्। जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेलमात्र जितेको छ। तीन खेल बराबरीमा सकिएको छ। यता, विश्वकपमा यी दुई ३ पटक भिडेका छन्, जसमा अर्जेन्टिनाले २ खेल जित्दा फ्रान्सले १ खेल जितेको छ। यी दुईबीचको अन्तिम भीडन्त रुस विश्वकपमा भएको थियो, अन्तिम १६ को यो भीडन्तमा फ्रान्स ४–३ले विजयी भएको थियो।

तथ्यांक जस्तो भए पनि त्यसले वर्तमानमा खास अर्थ राख्दैन । मैदानमा जसले राम्रो पदर्शन गर्दै बललाई पोस्टको दिशा दिन्छ, त्यही टिमले आफ्नो जर्सीमा तीन स्टार बनाउने छ।
 

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, पुस ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्