Kathmandu Press

मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

प्रतिस्पर्धात्मक बनेको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरेका थिए भने मारेक्कोका अचरफ दारीले गोल गरेका थिए।
मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

काठमाडाैं, पुस २ : कतार विश्वकपमा क्रोएसिया तेस्रो बनेको छ। शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ले हराउँदै क्रोएसिया तेस्रो बनेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को ग्वार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरेका थिए भने मारेक्कोका अचरफ दारीले गोल गरेका थिए।

खेलको सातौं मिनेटमा ग्वार्डियोलले हेडिङमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। उनले इभान पेरेसिचको पासमा गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो । उसका दारीले हाकिमी जियासको फ्रिकिकमा हेडिङमार्फत गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर क्रोएसियाले अग्रता लियो । ४२औं मिनेटमा उसका ओर्सिचले उत्कृष्ट गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा क्रोएसिया तेस्रो बन्यो।

एउटै समूहका रहेका यी दुई टिम अपराजित रहँदै सेमिफाइनलसम्म पुगेका थिए। तर, दुवै टिम सेमिफाइनलमा पराजित भए। क्रोएसिया अर्जेन्टिनासँग ३–०ले पारजित भएको थियो भने मोरक्को फ्रान्ससँग २–०ले पराजित भएको थियो।

 

प्रकाशित मिति: २२:५२ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्