Kathmandu Press

चितवनमा मृत भेटियो पाटे बाघ

चितवन, पुस १० : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ।

निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालि....

चितवनमा मृत भेटियो पाटे बाघ

चितवन, पुस १० : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ।

निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए।

घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन्,’ रुपाखेतीले भने, ‘वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ।’

बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो। मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ।

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्