Kathmandu Press

भारत-पाक सीमा क्षेत्रमा गोली हानाहान, तीन भारतीय र दुई पाकिस्तानी सेनाको मृत्यु

काठमाडौं, पुस १० : भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। गएराति भएको गोली हानाहानमा तीन भारतीय र दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ....

भारत-पाक सीमा क्षेत्रमा गोली हानाहान, तीन भारतीय र दुई पाकिस्तानी सेनाको मृत्यु

काठमाडौं, पुस १० : भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। गएराति भएको गोली हानाहानमा तीन भारतीय र दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता आशीफ गफूरले ट्वीट गर्दै गत ३६ घण्टादेखि सीमा क्षेत्रमा तनाव भएको जनाएको छ। उनका अनुसार, भारत र पाकिस्तानको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा तनाव भएको हो।

Hardik ivf

गएराति हाजी पिर क्षेत्रमा भएको भिडन्तमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। जसमा एक जना सुवेदार रहेको जनाएको छ। भारतीय सेनको पोस्ट पनि नष्ट गरेको उनले दाबी गरेका छन्। जसले केही घाइते भएको बताएका छन्।

त्यस्तै, देवा क्षेत्रमा भएको भिडन्तमा पाकिस्तानी सेनाका दुई जवानको मृत्यु भएको प्रवक्ता गफूरले सार्वजनिक गरेका छन्। उनले दुवै सैनिक जवानको तस्बीर पनि सार्वजनिक गरेका छन्।

प्रवक्ता गफूरका अनुसार, पाकिस्तानी सेनाका नायब सुवेदार कन्डेरो र जवान सेपोय इहसानको मृत्यु भएको छ। यसबारे भारतीय सेनाले भने केही बोलेको छैन।

भारतमा नागरिकता संशोधन कानुन र एनआरसीविरुद्ध आन्दोलन चलिरहेको छ। त्यो आन्दोलनबाट ध्यान हटाउन भारतले पाकिस्तानको सीमा क्षेत्रमा आक्रमण गर्न सक्ने पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले बताउदै आएका छन्।
 

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्