Kathmandu Press

तेस्रो स्थानमा लागि क्रोएसिया र मोसक्को भिड्दै

खलिफा स्टेडियममा राति ८ः४५मा हुने खेलमा सेमिफाइनलमा पराजित क्रोएसिया र मोरक्को भिड्ने छन्।
तेस्रो स्थानमा लागि क्रोएसिया र मोसक्को भिड्दै

काठमाडाैं, पुस २ : कतार विश्वकपमा आज तेस्रो स्थानमा लागि खेल हुँदै छ। खलिफा स्टेडियममा राति ८ः४५मा हुने खेलमा सेमिफाइनलमा पराजित क्रोएसिया र मोरक्को भिड्ने छन्।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–०ले पराजित भएको थियो पहिलो पटक सेमिफाइनलमा यात्रा तय गरेको मोरक्को फ्रान्ससँग २–०ले पारजित भएको थियो।

यो खेल दुवैका लागि प्रतिष्ठाको लडाइँ हुनेछ। दुवै टिम जितका साथ प्रतियोगिताको अन्त्यमा गर्ने लक्ष्यमा हुनेछन्।

क्रोएसिया र मोरक्को प्रतियोगितामा दोस्रो पटक भीड्न लागेका हुन्। समूह एफ रहेका यी दुई बीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो। मोरक्को समूह विजेता र क्रोएसिया उपविजेताका रुपमा नकआउट पुगेका थिए।

यो खेलमा दुवै टिमको स्टार्टिङ लाइनअपमा परिवर्तन हुन सक्नेछन्। दुवै टिमले नयाँ खेलाडीलाई मौका दिनेछन्।

 

प्रकाशित मिति: ०९:१५ बजे, शनिबार, पुस २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्