Kathmandu Press

सावित्रा, एन्जिला र गीता आईलिग खेल्न भारत प्रस्थान

सावित्रा गोकुलम केराल एफसीबाट आई लिग खेल्ने छिन् भने एन्जिला र गीता सेथु एफसीमा आबद्ध छन्।
सावित्रा, एन्जिला र गीता आईलिग खेल्न भारत प्रस्थान

काठमाडाैं, पुस १ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडी भारत प्रस्थान गरेका छन्।

नेपाली महिला टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी र डिफेन्डर गीता राना आई लिग खेल्ने शुक्रबार भारत प्रस्थान गरेका हुन्।

सावित्रा तेस्रो पटक आई लिग खेल्न लागेकी हुन् भने एन्जिला र गीत पहिलो पटक आई लिगमा आबद्ध भएका हुन्।

सावित्रा गोकुलम केराल एफसीबाट आई लिग खेल्ने छिन् भने एन्जिला र गीता सेथु एफसीमा आबद्ध छन्।

सावित्राले यसअघि गोकुलम र सेथुबाट आई लिग खेल्दै दुवै टिमलाई च्याम्पियन बनाइएकी थिइन्। दुवै पटक उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

आर्इलिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ ।

 

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, पुस १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्