Kathmandu Press

लमजुङमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु 

सुन्दरबजार, पुस ९ : लमजुङको सुन्दरबजारमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–३ का २५ वर्ष....

लमजुङमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु 

सुन्दरबजार, पुस ९ : लमजुङको सुन्दरबजारमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–३ का २५ वर्षीय संगम चेपाङ रहेका छन्।

बुधबार सुन्दरबजार नगरपालिका–६ नमुना टोलस्थित स्थानीय बामदेव गौलीको घरको रिटेनिङ वालको काम गर्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा ६ जना पुरिएको प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताए। पाँच जनाको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ। 

Hardik ivf

उद्दार गरिएका मध्ये गम्भीर घाइते भएका दोर्दी गाउँपालिका–८ का ५२ वर्षीय बलबहादुर तामाङलाई भने थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र सुन्दरबजारस्थित कर्मदा हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ढिस्कोमा पुरिँएकाहरूको उद्दार गरी स्थानीय र प्रहरीले सुन्दरबजारस्थित कमर्दा अस्पताल पुर्‍याएका थिए।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, पुस ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्