Kathmandu Press

मेसीले भने– आइतबार फाइनल खेलसँगै मेरो विश्वकप यात्रा सकिन्छ 

मेसीले भने– आइतबार फाइनल खेलसँगै मेरो विश्वकप यात्रा सकिन्छ 

काठमाडौं, मंसिर २८ : अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । विश्वकपको सेमिफाइन  खेलमा क्रोएशियालाई पराजित गरेपछि अर्जेन्टाइन सञ्चारमाध्यमसँगको कुराकानीमा मेसीले जारी विश्वकपको फाइनल खेल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका हुन् ।  

कतार विश्वकपमा क्रोएशियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स वा मोरक्कोसँग खेल्ने छ । सोही खेल नै आफ्ना लागि अन्तिम विश्वकपको खेल हुने मेसीले बताएका हुन् । 

‘म धेरै खुशी अनुभव गरिरहेको छु । फाइनलमा मेरव अन्तिम खेल खेल्दै विश्वकपको यात्रा समाप्त गर्न पाउनु खुशीको कुरा हो,’ मेसीले अर्जेन्टाइन मिडिया डियारिओ डेपोर्टिभो ओलेसँग भने। 

उनले विश्वकपको उपाधि जित्नु नै आफ्नो महत्वपूर्ण उद्धेश्य रहेको पनि बताए ।  ‘कडा मिहिनेतपछि हामी एक स्टेप टाढा छौँ । यसपटक यसलाई पूरा गर्न हामी सबै दिन तयार छौँ,’ मेसीले भने । 

मेसीको उत्कृष्ट प्रदर्नशमा अर्जेन्टिनाले मंगलबारको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । १९८६ पछि अर्जेन्टिनालाई पहिलो उपाधि जिताउने लक्ष्यमा मेसी छन् ।


 

प्रकाशित मिति: १३:१० बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्