Kathmandu Press

विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।
विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं, मंसिर २८ : फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज  हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् ।

अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

प्रकाशित मिति: ०८:३१ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्