मेसीले बनाए नयाँ कीर्तिमान
उनले ५ विश्वकपका २५ खेलमा यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। उनले १० गोल गरेका ग्याब्रिअल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन्।
काठमाडौं, मंसिर २८ : कप्तान लियोनल मेसीले कतार विश्वकपमा नयाँ कीर्तिमान बनाएका छन्। क्रोएसियाविरुद्धको सेमिफाइनलमा गोल गरेसँगै उनी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
उनले ५ विश्वकपका २५ खेलमा यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। उनले १० गोल गरेका ग्याब्रिअल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन्।
क्रोएसियाविरुद्ध खेल्दै मेसीले अर्को कीर्तिमान बराबरी गरेका छन्। ५ विश्वकपमा कुल २५ खेल खेलेका मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने लोथर म्याथुजको कीर्तिमान बराबरी गरेका छन्।
म्याथुसकाे कीर्तिमान मेसीले कतार विश्वकप फाइनलसँगै तोड्ने छन्।
प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार