Kathmandu Press

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं, मंसिर २८ : लियोनल मेसीको उत्कृष्ट प्रदर्शन मद्दतमा अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरको छ। सोमबार राति लुसेल रंशालामा भएको खेलमा मेसी चम्किएपछि अर्जेन्टिनले क्रोएसिया माथि ३-० को जित निकाल्यो।

छैठौं पटक विश्वकप फाइनल पुगेका अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचको विजेतासँग खेल्नेछ। यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनलको अपराजित यात्रालाई पनि कायमै राखेको छ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ तथा मेसीले १ गोल गरे। खेलमा अर्जेन्टिनाले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरेको थियो।

३३औं मिनेटमा मेसीको गोलमा खेलमा अर्जेन्टिनाले अग्रता लियो। उनले विवादास्पद पेनाल्टीमा गोल गरेका थिए। क्रोएसियन गोलकिपर डोमेनिक लिभाकोचिले अल्भारेजलाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। 

यस्तै, ३८औं मिनेटमा अल्भारेजले एकल प्रयासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल थप्यो । ६९औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा अल्भारेजले गोल गरेका थिए।

त्यसपछि गोल  नहुँदा अर्जेन्टिना कतार विश्वकपमा फाइनल पुग्ने पहिलो टिम बन्यो । योसँगै मेसीको विश्वकप उपाधि जित्ने सपना जीवितै रहेको छ।

खेलमा बल पोजेसनमा भने क्रोएसिया हावी भएको थियो । उसले ६१ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गर्दा २ सट फ्रेममा थियो। यता, अर्जेन्टिनाले ९ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो।

प्रकाशित मिति: ०७:३६ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्