‘पोर्चुगलप्रतिको मेरो समर्पण रत्तिभर परिवर्तन भएको छैन’
‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। दुःखद रूपमा हिजो त्यो सपनाको अन्त्य भएको छ,’ पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्।
काठमाडौं, मंसिर २६ : पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो सबैभन्दा ठूलो र महत्ववाकांक्षी सपना भएको र त्यसको दुःखद् अन्त्य भएको बताएका छन्।
सन् २००६ देखि २०२२२ सम्म ५ विश्वकप खेलेको रोनाल्डोलेका टिम पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–०ले पराजित भएको थियो। ३७ वर्षीय रोनाल्डोको विश्वकप जित्ने अन्तिम पटकको प्रयास पनि असफल भएको छ।
‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। दुःखद रूपमा हिजो त्यो सपनाको अन्त्य भएको छ,’ पोर्चुगल विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्।
रोनाल्डोले विश्वकपबाट बाहिरिएको झोंकमा केही प्रतिक्रिया दिनुको औचित्य नभएको बताएका छन्। आफ्नो बारेमा धेरै कुरा लेखिए, भनिए र अनुमा गरिए पनि पोर्चुगलप्रतिको मेरो समर्पणमा रत्तिभर परिवर्तन नआएको बताएका छन् । उनले यसमा एक क्षणका लागि नआउने पनि उल्लेख गरेका छन्।
‘सौभाग्यवश मैले पोर्चुगलसँग र अन्य थुप्रै अन्तर्राष्ट्रिय उपाधि जितें, तर विश्वको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च प्रतियोगितामा आफ्नो देशको नाम राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो,’ रोनाल्डोले लेखेका छन्, ‘म यसका लागि लडेँ। मैले यो सपनाको लागि निकै संघर्ष गरें। पछिल्ला १६ वर्षमा भएका ५ वटा विश्वकपमा मैले पोर्चुगलका लागि गोल गर्दा मैले सधैं उत्कृष्ट खेलाडीहरूका साथ खेल्न पाएँ, लाखौं पोर्तुगिज समर्थकहरूको साथ र समर्थन पाएँ, र मैले सधैं आफुले सक्ने जति गरिरहें, मैदानमा कहिले पछि हटिनँ।’्
आफू मैदानमा भिँड्नबाट कहिल्यै पछि नहटेको बताउँदै रोनाल्डोले आफ्नो सपनालाई कहिल्यै नग्यागेको उल्लेख गरेका छन्। रोनाल्डोले लेखेका छन्, ‘धेरै कुराहरू भनिएका छन्, लेखिएका छन् र अनुमान गरिएका छन्, तर म तपाईंहरूलाई के भन्न चाहन्छु भने पोर्चुगलप्रतिको मेरो समर्पणमा रत्तिभर परिवर्तन आएको छैन, एक क्षणका लागि पनि छैन। म सँधै हामि सबैको साझा उद्देश्य र सपनाका लागि लडिरहेको थिएँ, म मेरा समकक्षी साथीहरू र मेरो देशको साथ छोड्ने छैन, पछि हट्ने छैन।’
अन्तर्राष्ट्रिय र क्लब फुटबलमा थुपै कीर्तिमान आफ्नो नाममा लेखाएका रोनाल्डोले भनेका छन्, ‘अहिलेलाई मेरो यो भन्दा धेरै केही भन्नु छैन। धन्यवाद पोर्चुगल। धन्यवाद कतार, सपना मिठो थियो जबसम्म बाँकी थियो। अब राम्रो सल्लाहकार बन्ने समय हो र सबैलाई आफुखुसी निस्कर्ष निकाल्न छुट छ।’











