Kathmandu Press

यू–१८ रग्बी च्याम्पियनकाे कोरिया र युएईलाई

दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भए ।
यू–१८ रग्बी च्याम्पियनकाे कोरिया र युएईलाई

काठमाडौं, मंसिर २५ : दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित ग¥यो ।

त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता ग¥यो ।

महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।

प्रकाशित मिति: २०:२० बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्