Kathmandu Press

सेमिफाइनल र फाइनलमा प्रयोग हुनेछ ‘अल हिल्म’ बल

अल हिल्मको अर्थ द ड्रिम भन्ने हुन्छ। समूह चरणमा खेलाइएको ‘अल रिहला’ को जस्तै सेन्सर प्रविधि जडान गरिएको फिफाले जनाएको छ।
सेमिफाइनल र फाइनलमा प्रयोग हुनेछ ‘अल हिल्म’ बल

काठमाडाैं, मंसिर २५ : फिफाले कतार विश्वकपका सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सर्वाजनिक गरेको छ। फिफाले कतार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने बलको नाम ‘अल हिल्म’ राखेको छ।

अल हिल्मको अर्थ द ड्रिम भन्ने हुन्छ। समूह चरणमा खेलाइएको ‘अल रिहला’ को जस्तै सेन्सर प्रविधि जडान गरिएको फिफाले जनाएको छ।

फिफाका अनुसार यो बलमा अल रिहला जस्तै अर्ध स्वचालित अफसाइड सिस्टमलाई जडान गरिएको छ। यो प्रविधि जडानपछि सूचना प्रवाह गर्न र भिडियो म्याच अफिसियललाई पनि डाटा निकाल्न निकै सहज भएको बताइएको छ।

साथै फिफाले मैदानमा अनौठो क्षणको बारेमा पनि जानकारी राख्न सहज हुने बताएको छ।

पानीमा आधारित रहेर पूर्णतया वातावरण मैत्रीमसी र गम प्रयोग गरिएको छ। कतारको मुरुभूमिलाई संकेत गर्न बलमा एक सानो त्रिभुज राखिएको छ।

कतारको झन्डाको रंगलाई समेत ध्यानमा राखेर बलको डिजाइन गरिएको बल निर्माता कम्पनी एडिडासले जनाएको छ।

 

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्