Kathmandu Press

बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि भूमेमातालाई

बेथानचोक अध्यक्ष कप फुटबलको उपाधि भूमेमातालाई

काभ्रे, मंसिर २४ : चलाल गणेशस्थान र बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फुटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं. ४ को भूमिमाता युवा क्लबले जितेको छ ।

प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब  दोश्रो भयो भने वडा नं. ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न भयो । निर्धारित समय र थप गरिएको समयमा खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै समय समयमा यस्ता प्रतियोगिता गर्दै जाने बताए। खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उहाँले खेलकुदले एकाग्रता, अनुशासनको भाव बनाउने त छँदैछ यसका अलावा खेलकुदले आपसी सदभाव र भाइचारा वृद्धि हुने पनि बताए।

317836907_661407322322176_2566441956386973720_n1670744119.jpg

वडा स्तरबाटै खेलकुद विकासका लागि र युवाहरुमा खेलभावना वृद्धि गर्न यस्ता प्रतियोगिता सहायक हुने उनको भनाई थियो । नयाँ प्रतिभा जन्मिने र क्रियाशीलहरुको शैली र शिल्पीमा निखारपन आउने हुँदा पनि खेलकुदको विकाससँगै यसका पूर्वाधार विकासका लागि पनि आफूहरु जिम्मेवार भएर लागि रहने उनले बताए।

चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ मा प्रथम हुने टिमले नगद ६० हजार प्रमाण पत्र र ट्रफी, दोश्रो हुने हुने टिमले नगद ३० हजार प्रमाण पत्र र ट्रफी र तेश्रो हुने टिमले हुने टिमले नगद १५ हजार प्रमाण पत्र र ट्रफी हाता पारेको छन्।

प्रतियोगितामा भूमेमाताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै भुमिमाताकै प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोल रक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकनर्ता बने।

सेभेन ए साइड कूल १६ वटा टिम सहभागी प्रतियोगिता नकआउट चरणमा खेलाइएको थियो ।

प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल तथा ५ का अध्यक्ष राजकुमार लामाको पनि उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: १९:१८ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्