शरीरको तौल घटाउने प्रभावकारी उपाय
तौल घटाउने प्रयासमा हुनुहुन्छ? नयाँ वर्ष पनि सुरू हुँदैछ। आफूलाई “काउच पोटेटो” बाट जीवनपर्यन्त धावक बनाउन यो योजना प्रभावकारी हुनसक्छ।
वर्षौंदेखि....
तौल घटाउने प्रयासमा हुनुहुन्छ? नयाँ वर्ष पनि सुरू हुँदैछ। आफूलाई “काउच पोटेटो” बाट जीवनपर्यन्त धावक बनाउन यो योजना प्रभावकारी हुनसक्छ।
वर्षौंदेखि खेल्दै आएको ब्याडमिन्टन र स्वीमिङ छाडेपछि म केही वर्ष निष्क्रिय भएँ। आफूलाई फेरि सक्रिय बनाउने कुनै व्यायाम खोजिरहेको थिएँ।
यही क्रममा मेरो साक्षात्कार “काउच टु फाइभ के”(छोटकरीमा सिटुफाइभके) सँग भयो। नौ साता लामो यो दौड योजना विश्वभर लाखौं मानिसलेप्रयोग गरेका छन्। नामले भनेजस्तै यसले तपाईंलाई “काउच” बाट उठाएर झण्डै दुई महिनामा पाँच किलोमिटर दौडन सक्ने बनाउँछ।
सिटुफाइभके धावकहरू सातामा तीन दिन दौडन्छन्। एक दिन दौडेपछि अर्को दिन विश्राम लिइन्छ। प्रत्येक साता अघिल्लोभन्दा बढी दौडिनुपर्छ। तर दौडिनुभन्दा अघि सधैं पाँच मिनेट “वार्म अप” का लागि पाँच मिनेट हिँड्नुपर्छ।
पहिलो साता कसरत गर्ने प्रत्येक दिन एक मिनेट दौडिने र डेढ मिनेट हिँड्ने गर्नुपर्छ। यो आठ पटक दोहोर्यातउनुपर्छ। दोस्रो साता डेढ मिनेट दौडिने र दुई मिनेट हिँड्ने गर्नुपर्छ। यस्तो ६ पटकसम्म दोहोर्या उनुपर्छ। पाँचौं साताको तेश्रो दिनसम्म २० मिनेटसम्म छोटो दुरी दौडिने र छिटोछिटो हिँड्ने तालिका दोहोरिरहन्छ।
बिस्तारै धावकलाई नबिसाई २० मिनेटसम्म दौडिने गराइन्छ। नवौं सातासम्म आइपुग्दा धावकलाई नबिसाई ३० मिनेटसम्म दौडन सक्ने बनाइन्छ। यो चरणमसम्म आइपुग्दा धावकले ५ किलोमिटरसम्म दौडन सक्छन्।
सिटुफाइभके सुरू गर्ने अधिकांशजस्तै म पनि कुनै बहानामा फसिरहन्थें। पाँच किलोमिटरको लक्ष्य भेट्टाउन मलाई ६ महिना लाग्यो। चोट लाग्नुभन्दा केही अघि म ८ किलोमिटरसम्म दौडन्थें। म भने अझै लामो दौडिने चाहन्थें। सिटुफाइभकेले धेरैलाई लामो दुरी दौडन सहयोग गरे पनि धेरैले मानसिक स्वास्थ्यमा सुधार ल्याउन दौडिने गर्छन्।
ब्रेक अपपछि पोर्टल्यान्ड, अमेरिकाका केन विल्सन “डिप्रेसन” का शिकार भए। गएको एक वर्ष आत्महत्या गर्ने विचार बारम्बार आउँथ्यो। उनले सङ्घर्ष छाडेनन्। २० वर्षदेखि “वेटलिफ्टिङ” गर्दै भएका विल्सनले ६ वर्षमा ४६ केजी तौल घटाए। अझै उनको तौल १२५ केजी थियो। तौल घटाउने प्रेरणाका लागि अनलाइन खोज गर्दा आफूजस्तै शारीरिक बनावट भएका व्यक्तिको तस्वीर भेट्टाए।
विल्सनले ती व्यक्तिलाई सम्पर्क गरे र तौल कसरी घटाए भनेर सोधे। रहस्य साधारण थियो: “वेटलिफ्टिङ” पनि गर्ने अनि दौडिने सिटुफाइभके जस्तै।
“मलाई कार्डियो मनै पर्दैन थियो,” ३३ वर्षीय विल्सनले भने,“म गर्नै सक्दिन थिएँ। किनभने म गर्दै गर्दिन थिएँ।” पछि विल्सनले सिटुफाइभके गर्ने मन बनाए। दुई महिना भयो सुरू गरेको ६ केजी घटाइसके। तर यो सजिलो भने थिएन। पहिलो दिन त मर्छुजस्तै लागेको विल्सनले बताए।
“म अझै राम्रो गर्नसक्छु जस्तो लाग्यो। हार मानिनँ। दोस्रो दिनदेखि सजिलो हुनथाल्यो। शरीरले दौडिन जाने जस्तो भयो।”
सिटुफाइभ न्यूयोर्कका युएक्स डिजाइनर जोस क्लार्कले सन् १९९६ मा सिर्जना गरेका हुन्। ब्रेक अपको पीडाबाट बाहिर निस्कने प्रयास गर्न उनले दौडन सुरू गरेका थिए। यसै क्रममा सिटुफाइभको आविष्कार भयो।
“म आफूलाई सजायँ दिन चाहन्थें। खुशी भएर वा आत्मविश्वासका साथ मैले दौडन सुरू गरेको होइन,” क्लार्क भन्छन्,“जुत्ताको तुना कसें र वरपर दौडन थालें।” आधा किलोमिटर दौडेपछि सास फेर्नै गाह्रो भएको उनी सम्झन्छन्। त्यसपछि उनी रोकिए। केहीबेर हिँडेपछि फेरि दौडिए। थाकेपछि फेरि हिँड्न थाले। यो क्रम दोहोरिरह्यो। उनको खुट्टा सुन्नियो। दुख्यो। तर क्लार्क दौडिन छाडेनन्।
“त्यसरी दौडिँदा ध्यान गरेजस्तो शान्ति र सिर्जनशीलता पनि बढेको पाएँ,” उनले भने,“कसरी हो यो अल्छीलाग्दो काम रमाइलो लाग्न थाल्यो। यस्तो होला भनेर मैले सोंचेको थिइनँ।”
क्लार्ककी आमा सिटुफाइभके दौडिने पहिलो व्यक्ति बनिन्। ५० औं जन्मदिन मनाएपछि क्लार्कले आमालाई सक्रिय हुन अनुरोध गरे। सुरूमा शङ्का लागे पनि आमाले दौड पूरा गरिन्। त्यसपछि लाखौंले उनलाई पछ्याए। फेसबुकले सिटुफाइभकेको प्रचार प्रसारमा ठूलो योगदान पुर्यायो।
यो दौडिने तरिकाले दर्जनौं एप पनि विकास गरेको छ। भर्चुअल कोचले धावकहरूलाई प्रोत्साहन र टिप्स दिन्छन्। बेलायतको नेसनल हेल्थ सर्भिसले आफ्नो वेबसाइटमा यसलाई सिफारिस गरेको छ। योजनाबारे स्रोतालाई ज्ञान दिन डाउनलोड गर्न मिल्ने पोडकास्ट पनि चरणगत रूपमा राखिएको छ।
योजना अनुसार सुरूका साता दुरीभन्दा समयलाई जोड दिइन्छ। धावकले आफैं गति निर्धारण गर्न सक्छन्। तर कुराकानी गर्दै दौडिने गति लिनु उपयुक्त हुन्छ। यसरी दौडदाँ सास फुल्न हुँदैन। धावकलाई बिस्तारै दौडन मिलोस् भनेर यो योजना तयार गरेको क्लार्कले बताए।
दौडनाले रोगसँग लड्न र स्वयंको छवि सुधार्न सहयोग पुगेको विल्सनले बताए। “म एकदमै राम्रो मुडमा हुन्छु,” उनले भने,“मानिसहरू मसँग कुराकानी गर्न आउँछन्। सकारात्मक हुन्छन्। क्रिसमस आएको छ। म खुद्रा व्यवसायमा कार्यरत छु। मलाई सकारात्मक सोंचको एकदमै खाँचो छ।”
सिटुफाइभके सुरू गरेको पहिलो साता म एकदमै चिन्तित थिएँ। पार्कमा दौडिने अरूले मेरो ढिलो दौड देखेर खिस्सी गर्छन् होला भन्ने लागेको थियो। दौडन थालेको ६० सेकेन्डमै स्वाँस्वाँ भएर रोकिन थालेपछि मलाई दौडनै मन लागेन। तर यस्तो हुन छाडेपछि अन्य धावकलाई जित्ने गरि दौडन धेरै मन लाग्थ्यो।
यो मानसिकताले नयाँ धावकलाई आवश्यकताभन्दा धेरै व्यायाम गर्न हौस्याउँछ। उनीहरू छिटो र टाढा दौडन हौसिन्छन्। तर उपयुक्त “पोस्चर” को अभाव, नमिल्दो जुत्ता र राम्ररी वार्म अप नगर्नाले चोटपटक लाग्नसक्छ।
“धेरै छिटो, धेरै तिव्र र धेरै दौडनाले चोटपटक लाग्नसक्छ। चोटपटक लागेपछि प्रगित हुन सक्दैन,” विल्सनले भने। सिटुकेफाइभके धैर्य र “स्टामिना” भएको उनले बताए। सिटुफाइभकेले मानिसलाई दौडन मात्रै सिकाउँछ। खुट्टा दुख्नुको कारण मासंपेशीक थकान वा अन्य कुनै कारणले भएको हो भन्ने यसले बताउँदैन। गम्भीर चोटपटक भए मेरोजस्तै शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ।
यहाँनेर “अनलाइन रनर कम्युनिटी”ले सहयोग गर्न सक्छन्। रेड्डिटको सिटुफाइभके कम्युनिटीमा झण्डै एक लाख सदस्य छन्। व्यक्तिगत कोशेढुङ्गा पूरा गरेका धावकहरू मुस्कुराउँदै गरेको सेल्फी र जिपिएस ट्रयाक त्यहाँ राखिएका छन्। विश्वभरिका धावक एकअर्कालाई प्रोत्साहित गर्छन्। नयाँ विधि एकअर्कासँग बाँड्छन्।
दुखाइ वा कुनै समस्याका कारण दौडन नसके आफ्नो आक्रोश पनि पोख्छन्। यस्ता कम्युनिटीले सिटुफाइभकेलाई विश्वभरि फैलाउन सहयोग पुगेको क्लार्कले बताए।
“अनुभवी सिटुफाइभके धावकले मानिसहरूलाई सहयोग र प्रोत्साहन गरे,” उनले भने। सिटुफाइभके सुरू गरेपछि नयाँ कामका लागि आवेदन दिने, विद्यालय फर्किने र फेरि “डेटिङ” सुरू गर्ने आत्मविश्वास पलाएको भन्दै धेरैले उनलाई सन्देश पनि पठाए।
शल्यक्रियापछि म निको हुँदैछु। एक वर्ष भयो नदौडिएको। अब म बिस्तारै फेरि दौडिन थाल्नेछु।
पोर्टल्यान्डको तापक्रम अहिले शुन्य डिग्रीभन्दा न्युन छ। हिउँले जमेका बाटोमा दौडिनु जोखिमपूर्ण हुनसक्छ। त्यसैले विल्सन ट्रेडमिलमै सिटुफाइभके दौडिरहेका छन्। उनी रोकिन चाहँदैनन्।
“कार्डियो मन नपराउने र घुँडाको समस्या भएका ३३ वर्षीया उदासिन युवाले सिटुफाइभके गर्नसक्छन् र रमाइलो मान्छन् भने जोकोहीले गर्नसक्छन्।”