Kathmandu Press

ताक्सुगाड जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा

जाजरकोट, मंसिर २५ : ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिए। । 

नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको थियो । डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौँले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो । सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डिपिआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए। आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात कन्सलटेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ। 

Hardik ivf

सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले सात दशमलव एक मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए। नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डिपिआर सकिएको छैन । 

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डिपिआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ । 

उता ३३ केभी प्रशारण लाइन अन्तर्गत ११ केभी प्रशारण लाइनको सव स्टेशन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुनगइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेशनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।  

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्