Kathmandu Press

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

शनिबार राति अल बायत रंगशालामा भएको खेलमा ह्यारी केन अन्तिम समयमा प्राप्त पेनाल्टीमा चुकेपछि इंग्ल्यान्डलाई २–१ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ।
इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडाैं, मंसिर २५ : फ्रान्स कतार विश्वकपको सेमिफाइनलमा पुगेको छ। शनिबार राति अल बायत रंगशालामा भएको खेलमा ह्यारी केन अन्तिम समयमा प्राप्त पेनाल्टीमा चुकेपछि इंग्ल्यान्डलाई २–१ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ।

उपाधि रक्षाको अभियानमा रहेको फ्रान्सको यो सातौं सेमिफाइनल यात्रा हो । भने सन् १९८२÷८६ पछि लागतार दुई पटक सेमिफाइनल पुगेको हो। यो हारसँगै १९६६ पछि उपाधि जित्ने इंग्ल्यान्डको सपना यो पटक पनि अधुरै भएको छ।

खेलमा इंग्ल्यान्ड बलियो देखिए पनि एन्टोइन ग्रिजमन र ओलिभर जिरुड चम्किएपछि फ्रान्स विजयी भयो । उरेलिन चुवामेनीले २५ यार्डबाट उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरआती अग्रता लियो । उनका लागि ग्रिमनलले पास उपलब्ध गराएका थिए।

५४ औं मिनेटमा मानाल्टीमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । चुवामेनीले प्रभावशाली प्रदर्शन गरिरहेका बुकायो साकालाई फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो।

७८औं मिनेटमा फ्रान्सले खेलमा पुनः अग्रता लियो । ग्रिजमनको उत्कृष्ट क्रसमा जिरुडले हेडिङमार्फत गोल गरेका थिए। ८४ औं मिनेटमै इंग्ल्यान्डले बराबरी गर्ने राम्रो अवसर पायो, तर यो पटक इंग्लिस कप्तान केन पेनाल्टीमा गोल गर्न चुके। थियो हर्नान्डेजले मेसन माउन्टलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा केनको प्रहार आकाशिएको थियो।

त्यसपछि गोल नहुँदा फ्रान्स सेमिफाइनल पुग्यो, इंग्ल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरिएको छ। फ्रान्सले फाइनल प्रवेशको लागि बुधबार मोरक्कोविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्