इंग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स अन्तिम ४ मा प्रवेश गरेको हो । फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
काठमाडौं, मंसिर २४ : फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स अन्तिम ४ मा प्रवेश गरेको हो । फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
फ्रान्सका लागि औरेलिएन चौमेनी तथा ओलिभिएर जिरुडले एक एक गोल गरे । इंग्ल्यान्डका लागि ह्यारी केनले एक गोल फर्काए ।
फ्रान्सले अब मोरक्कोको सामना गर्ने भएको छ ।
प्रकाशित मिति: ०७:४४ बजे, आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार