Kathmandu Press

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो मोरक्को

शनिबार राति भएको खेलमा पोर्चुगललाई १–०ले हराएसँगै मोरक्क विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन देश बनेको छ।
विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्यो मोरक्को

काठमाडाैं, मंसिर २४ : ‘अन्डर डग’को छवि बनाएको मोरक्को विश्वकपमा नयाँ इतिहास रचेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई १–०ले हराएसँगै मोरक्क विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन देश बनेको छ।

अल थुमाम स्टेडियममा भएको खेलमा बलियो मानिएको पोर्चुगललाई हराउने क्रममा मोरक्को समिर अल नाजरीले निर्णायक गोल गरे। उनले पहिलो हाफको ४२औं मिनेटमा हेडिङमार्फत गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा मोरक्को पहिलो पटक विश्वकप सेमिफाइनलमा पुग्न सफल भयो।

यता, पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि भने यो क्षण निकै दुःखदायी बन्यो । अन्तिम विश्वकप खेलिरहेका उनको विश्वकपको उपाधि जित्ने आशा समाप्त भएको छ।

खेलमा ७४ प्रतिशत बल पोजेसन बनाउँदै मोरक्को माथि दबाब राखेपनि पोर्चुगलले गोल गर्न सकने। पोर्चुगलका केही प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गरे।

 

प्रकाशित मिति: २२:५६ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्