Kathmandu Press

गोकियो लेकमा आइस हक्की खेलाउने तयारी

काठमाडौं, पुस ८ : नेपाल भ्रमण वर्ष सचिवालयले साहसिक पर्यटकलाई लक्षित गर्दै नेपालमै पहिलो पटक आइस हक्की (स्केटिङ) खेलाउने तयारी गरेको छ।

गोकियो लेकमा आइस हक्की खेलाउने तयारी

काठमाडौं, पुस ८ : नेपाल भ्रमण वर्ष सचिवालयले साहसिक पर्यटकलाई लक्षित गर्दै नेपालमै पहिलो पटक आइस हक्की (स्केटिङ) खेलाउने तयारी गरेको छ।

सचिवालयले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत पर्ने गोकियो लेकमा आइस हक्की खेल खेलाउने तयारी गरेको हो। समुन्द्री सतहवाट ४ हजार ७ सय मिटर उचाइमा रहेको लेकमा साहसिक पर्यटकका लागि आइस हक्की खेलाएर वल्ड रेकर्ड राख्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

नेपाल भ्रमण वर्ष सचिवालयको समन्वयमा फेब्रुअरी १४ तारिखमा आइस हक्की खेल खेलाइने छ।  खेलमा १० देशका २० जना खेलाडीले आइस हक्की खेल्नेछन्। भ्रमण वर्ष सचिवालय अन्तर्गतको खेलकुद विभागका अनुसार आइस हक्की प्रतियोगितामा अमेरिका, क्यानडा, रसिया, इन्डिया, स्वीट्जरल्याण्ड लगायत  देशबाट खेलाडी सहभागी हुनेछन्।

नेपालमै पहिलो पटक खेल्न लागिएको खेल स्थानको स्थलगत अवलोकनका लागि दुई अमेरिकी खेलाडी अन्तर्राष्ट्रिय फिगर स्केटर लौरा र आइस हक्की पेयर निक गोकियो लेकमा पुगेका छन्। उनीहरु खेलको सम्भाव्यता अध्ययन तथा अवलोकन गरेर फर्किएपछि मात्रै आवश्यक तयारी गरिने विभागका प्रदिप गैरेले जानकारी दिए।

उनका अनुसार गोकियोमै आइस हक्की गर्न सकिने भए मात्रै अन्य तयारी हुनेछ। सम्भाव्यता न्यून भए अन्य खेलका लागि तयारी गरिनेछ। 

त्यस्तै, सचिवालयले सन् २०२० को नोभेम्बरमा कर्णाली नदीमा र्‍याफ्टिङको तयारी गरेको छ भने मुस्ताङमा मोटरबाइक रेस, मनाङमा आइस क्लाइम्बिङ लगायतका साहसिक गतिविधिको तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, पुस ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्