Kathmandu Press

नेदरल्यान्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

तेस्रोपटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन्। 
नेदरल्यान्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

दोहा, मंसिर २४ : नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन्।

तेस्रोपटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन्। 

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ अर्जेन्टिनासँग भएको क्वार्टर फाइनल खेलमा नेदरल्याण्ड्स पराजित भएपछि प्रशिक्षक गालले पदत्यागको घोषणा गरेका हुन्। 

अर्जेन्टिनासँगको रोमञ्चक एवम् तनावपूर्ण स्पर्धामा दुई–दुई गोलको बराबरी खेलेको नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो । 

अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई गोल बचाएपछि नेदरल्याण्ड्स पाखा लागेको हो। अब उसको सेमिफाइनल खेल्ने सपना अधुरो भएको छ। 

नेदरल्याण्ड्सलाई पाखा लगाएको लियोन मेस्सीको अर्जेन्टिनी टोली अब क्रोएसियासँगको सेमीफाइनलमा आमनेसामन हुनेछ। प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका तथा उनीहरूसँग आफूले गर्विला क्षण बिताएको बताएका छन्। 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्