Kathmandu Press

धौलागिरि अस्पताललाई एम्बुलेन्स

बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो।
धौलागिरि अस्पताललाई एम्बुलेन्स

ढोरपाटन, मंसिर २४ : धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो। 

एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु ३२ लाख र बागलुङ अष्ट्रेलिया समाजले रु. २८ लाख दुई हजार सहयोग गरेको थियो।

गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताए। 
    
एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा, जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिए।  

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्