Kathmandu Press

विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो।
विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई

विराटनगर, मंसिर २४ : विराटनगरमा भएको  विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन्।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो। फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७–२८ अङ्कले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ। 

त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २–४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो। पुरूष र महिलातर्फको खेलमा क्रमशः बिकेभिएम स्कुलका गुनानन्द यादव र अरनिको स्कुलका उत्कृष्ट खेलाडी घोषित भएकालाई ट्रफी वितरण गरिएको थियो।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी आठ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए।

प्रकाशित मिति: १२:५४ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्