नेपालगञ्ज म्याराथनको उपाधि खडक र सन्तोषीलाई
आर्मीका खडकबहादुर खड्काले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गरे भने सन्तोषी श्रेष्ठले निर्धारित दुरी एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन्।
काठमाडाैं, मंसिर २४ : आठौं नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्का र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेकी छन्।
पुरुष तर्फको उपाधि जितने क्रममा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेण्डमा पार गरे। पुरुषतर्फ आर्मीकै नरेन्द्रसिंह रावत र मोहनदेव जोशी दोस्रो र तेस्रो भए ।
रावतले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेण्ड पार गरे भने जोशीले निर्धारित दुरी पार गर्न २ घण्टा २४ मिनेट ३६ सेकेण्ड लगाए।
महिला तर्फ उपाधि जित्ने क्रममा सन्तोषीले निर्धारित दुरी एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन्।
यस्तै, दोस्रो बनेकी भारत देहरादुनकी अन्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दुरी पार गरिन् भने बागमतीकै अन्जु खड्का एक घण्टा ३६ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्।
प्रकाशित मिति: ११:४४ बजे, शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











