Kathmandu Press

विश्वकपमा आज पोर्चुगल र मोरक्को तथा इंग्ल्यान्ड र फ्रान्स भिड्दै

पोर्चुगल र मोरक्कोबीचकाे खेल राति ८ः४५ मा अलथुममा स्टेडियममा हुनेछ भने इंग्ल्यान्ड र फ्रान्स राति १२ः४५ बजे अल बायत स्टेडियममा भिड्ने छन्।
विश्वकपमा आज पोर्चुगल र मोरक्को तथा इंग्ल्यान्ड र फ्रान्स भिड्दै

काठमाडाैं, मंसिर २४ : कतारमा जारी २२औं संस्करणको विश्वकपमा आज क्वार्टरफानलका दुई खेल हँदैछन्। जसमा पोर्चुगल र मोरक्को तथा इंग्ल्यान्ड र फ्रान्स भिड्ने छन्।

राति ८ः४५ हुने खेलमा पोर्चुगलले मोरक्कोको सामाना गर्नेछ। यो खेल अलथुममा स्टेडियममा हुनेछ। क्वार्टरफाइनल यात्रा तय गर्ने क्रममा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ६–१को जित निकालेको थियो भने मोरक्कोले यो एतिहासिक यात्रा क्रममा बलियो स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

पोर्चुगलविरुद्ध मैदान उत्रँदा मोरक्को उसलाई कुनै दबाब हुनेछैन्, र उ उत्साहित पनि हुनेछ। यता, अन्तिम विश्वकप खेलिरहेका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल पनि अन्तिम १६म प्राप्त जितले उत्साहित छ। त्यसैले यो खेल निकै प्रतिस्प्रर्धात्मक हुने छ।

आज हुने दोस्रो खेल अल बायत स्टेडियममा राति १२ः४५ बजे हुनेछ। उपाधि रक्षा गर्ने अभियानम रहेको फ्रान्स र करिब ६ दशकपछि उपाधि जित्ने अभियानमा रहेको इंग्ल्यान्डबीचको खेल निकै प्रस्पिर्धात्मक हुने अपेक्षा छ। क्वार्टरफाइनल पुग्ने क्रममा फ्रान्सले पोल्यान्डलाई ३–१ले हराएको थियो भने इंग्ल्यान्डले सेनेगलमाथि ३–०को जित निकालेको थियो।

 

प्रकाशित मिति: ११:०४ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्