Kathmandu Press

मार्टिनेज चम्किँदा अर्जेन्टिना सेमिफाइनलमा

शनिबार राति लुसेल रंगशालामा भएको खेलमा मार्टिनेजले २ पेनाल्टी बताएपछि अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।
मार्टिनेज चम्किँदा अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं, मंसिर २४ : गोलकिपर एमिलियानो मार्टिनेजले पेनाल्टीमा चम्किएपछि अर्जेन्टिना कतार विश्वकपकाे सेमिफाइलनमा प्रवेश गरेको छ। शनिबार राति लुसेल रंगशालामा भएको खेलमा मार्टिनेजले २ पेनाल्टी बताएपछि अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।

यो जितसँगै अब उसले फाइनल प्रवेशका लागि गत संस्करणको उपविजेता क्राएसियासँग खेल्नेछ । क्रोएसिया शनिबार राति नै ब्राजिललाई पेनाल्टी मै हराउँदै सेमिफाइनल पुगेको हो।

निर्धारित सयम र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको छ। पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, लिसान्ड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गर्दा इन्जो फार्नान्डेसको प्रहार बाहिरिएको थियो ।

यता, नेदरल्यान्डका कप्तान भर्गिन भान गाइक, स्टेभेन बर्गवाइसको सुरुआती दुई पेनाल्टी मार्टिनेजले बचाएका थिए । उसका टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरेका थिए।

त्यसअघि खेलको ३५औं मिनेटमा मेसीको उत्कृष्ट पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मोलिनाको यो अर्जेन्टिनाको लागि पहिलो गोल हो ।

पहिलो हाफमा १–०को अग्रता लियो अर्जेन्टिनाले ६३औं मिनेटमा अग्रता दोब्बर बनायो। डेन्जल डमफ्रुसले मार्कोस अकुन्यालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए। योसँगै विश्वकपमा १० गोल गरेका मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने ग्याब्रिअल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका छन्।

दुई गोलले पछि परेको नेदरल्याण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

इन्जुरी समयको अन्तिम मिनेटमा चलाखीपूर्ण फ्रिकिकमा प्राप्त पासमा वेघोस्टले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए।

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्