विश्वकप क्वार्टरफाइनलमा आज दुई खेल हुँदैं
अन्तिम आठको पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं, मंसिर २३ : कतारमा जारी फिफा विश्वकपमा आज (शुक्रबार) क्वार्टरफाइनलका दुई खेल हुँदै छन् ।
अन्तिम आठको पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियालाई ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो ।
आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३–१ ले पराजित गरेको थियो ।
प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार