Kathmandu Press

नेपाल एकदिवसीय विश्वकपकाे ग्लोबल क्वालिफारमा पुग्न असफल, एकदिवसीय मान्यता संकटमा

यो हारसँगै नेपालले शीर्ष ३ मा रहेर अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ।
नेपाल एकदिवसीय विश्वकपकाे ग्लोबल क्वालिफारमा पुग्न असफल, एकदिवसीय मान्यता संकटमा

काठमाडाैं, मसिर २२ : विश्वकप लिग २ अन्तर्गको क्रिकोणात्मक सिरिज खेल्ने नामिबिया गएको नेपाली टिमले एकै खेल पनि जित्न सकेन। नामिबियामा निकै खराब ब्याटिङ प्रदर्शन गरेको नेपाली टिम सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १२० रनमा झिनो लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि क्रिस्टोफर म्याकब्रिडले ४६ र जर्ज मन्सीले ४५ रनको योगदान दिए। यस्तै, कायल कोट्जरले १६ र कप्तान रिची बेरिङटनले १२ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १ विकेट लिए।

नामिबियाको विन्डहोडकमा पहिला ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा ११९ रनमै अलआउट भयो। निकै खराब ब्याटिङ गरेको नेपालका लागि चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कार बनाउन सके।

जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाउँदा सोमपाल कामीले १७, दीपेन्द्रसिंह ऐरीले १४ र ललित राजवंशीले ११ रन बनाए।

नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्रान्डन म्याकमुलेन, सफ्यान सरिफ र मार्क वाटले समान २ विकेट लिए।

पहिलो खेल वर्षाका हुन नसेपछि अंक बाँडेको नेपालले त्यसपछिका तीनै खेल गुमायो । तीनै खेलमा नेपालले निकै खराब ब्याटिङ गरेको थियो। जसमा एउटा खेलमात्र नेपालले १५० रन कटाएको थियो।

यो हारसँगै नेपालले शीर्ष ३ मा रहेर अर्कोवर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोवल क्वालिफायर खेल्न नपाउने निश्चित भएको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि कठिन हुने देखिएको छ ।

लिग टु बाट ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना सकिएपछि नेपालको लक्ष्य अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन र प्लेअफ मार्फत ग्लोबल क्वालिफायरमा पुग्ने चुनौती थपिएको छ।

नामिबियाको शृंखलापछि नेपालले लिग टु मा तीन शृंखला खेल्न बाँकी छ । जसमा दुई शृंखला घरेलु मैदान र एक शृंखला बाहिर गएर खेल्नुपर्नेछ।

२४ खेलमा १८ अंकमात्र जोडेको नेपाल तालिको छैठौं स्थानमा छ। ४६ अंकसहित स्टकल्यान्ड शीर्ष स्थानमा रहँदा ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्