Kathmandu Press

बर्खास्तीमा परे एनरिके, फुन्टेलाई प्रशिक्षककाे जिम्मेवारी

स्पेन विश्वकपबाट बाहिरिएको २ दिनपछि फेडेरेसनले एनरिकेलाई प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो।
बर्खास्तीमा परे एनरिके, फुन्टेलाई प्रशिक्षककाे जिम्मेवारी

काठमाडाैं, मंसिर २२ : स्पेनिस टिमको मुख्य प्रशिक्षकबाट लुइस एनरिके बर्खास्त भएका छन्। विश्वकपमा टिमले खराब प्रदर्शन गरेपछि स्पेनिस फुटबल फेडेरेसनले एनरिकेलाई मुख्य प्रशिक्षबाट हटाएको हो।

कतार विश्वकपमा स्पेन मोरक्कोसँग पेनाल्टी सुटआउटमा ३–०ले पराजित हुँदै अन्तिम१६बाटै बाहिरिएको थियो। स्पेन विश्वकपबाट बाहिरिएको २ दिनपछि फेडेरेसनले एनरिकेलाई प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो।

एनरिकेलााई मुख्य प्रशिक्षबाट हटाउँदै फेडेरेसनले सो जिम्मेवारी लुइस डे ला फन्टेलाई दिएको छ। उनी स्पेनकै यू–२१ टिमका प्रशिक्षक थिए।

फोन्डेले स्पनेलाई यू–१९ र यू–२१को युरोपियन च्याम्पियन बनाएका थिए भने टोकियो ओलम्पिकमा रजत पदक पनि दिलाएका थिए।

टिम चाँडै विश्वकपबाट बाहिरिएपछि एनरिकेको चर्को आलोचना भइरहेको छ । फर्ममा रहेका स्ट्राइकर अल्भारो मोराटालाई सुरुआतमै नखेलाएको तथा सर्जियो रामोस र थिएगो अल्कान्टारालाई टिम नराखेको भन्दै उनको आलोचना भइरहेको छ।

५२ वर्षीय एनरिके रसिया विश्वकप लगत्तै स्पेनिस टिमको प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा स्पेनले ४७ खेल खेल्दै २६मा जित, १४ बराबरी र ७ हारको सामाना गरेको छ।

 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्