Kathmandu Press

ब्याटिङ नचल्दा नेपाल नामिबियासँग ८६ रनले पराजित

विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि नामिबियामा रहेको नेपाली टिमले निरन्तर खराब ब्याटिङ गरिरहेको छ। सुरुआती दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालले तेस्रो खेलमा पनि सोही लयलाई निरन्तरता दियो।
ब्याटिङ नचल्दा नेपाल नामिबियासँग ८६ रनले पराजित

काठमाडाैं, मंसिर २१ : नामिबिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भयो।

विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि नामिबियामा रहेको नेपाली टिमले निरन्तर खराब ब्याटिङ गरिरहेको छ। सुरुआती दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालले तेस्रो खेलमा पनि सोही लयलाई निरन्तरता दियो।

पहिला ब्याटिङ गर्दै नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १८९ रनमै अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र अर्जुन साउदले २९ रन बनाए।

नामिबियाका पिकी या फ्रान्स, टान्गेनी लुंगामेनी र जेजे स्मितले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । उसका लागि मिचनेल भान लिंगेनले शतकीय योगदान दिए। उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै ११९ रन बनाए।

यस्तै, कप्तान गेहार्ड इरासमुसले ७६ बलमा ५३ रन बनाउँदा जान निकोल लोफ्टीइ इटोनले ३२ बलमा ४० रनको योगदान दिए।

नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३६ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कामीले २ तथा सागर ढकालले १ विकेट लिए।

लिग–२मा लागातार खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता पनि जोखिममा परेको छ। नेपाल २३ खेलमा १८ अंक जोड्दै पुछार बाट दोस्रो स्थानमा छ।

यता, नामिबिया भने ३० खेलमा ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। लिग–२मा ४४ अंक जोडेको स्कल्यान्ड शीर्ष स्थानमा रहँदा ४४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति: २१:०२ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्