Kathmandu Press

नेविसंघ विघटन, छिट्टै महाधिवेशन तयारी समिति बनाईने

काठमाडौं, माघ २९ : कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति विघटन गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिले नेविसंघ ....

नेविसंघ विघटन, छिट्टै महाधिवेशन तयारी समिति बनाईने

काठमाडौं, माघ २९ : कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति विघटन गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय समितिले नेविसंघ केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको हो । नेविसंघको केन्द्रीय कार्यसमितिको म्याद यसअघिनै सकिएको थियो ।

सोमबार मात्रै संघका अध्यक्ष नैनसिह महरले राजिनामा दिएका थिए । त्यसका साथै कांग्रेसले नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन पनि बदर गरेको छ । 
महाधिवेशन गराउन छिट्टै नयाँ तयारी समिति बनाईने बताइएको छ ।

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, माघ २९, २०७५