Kathmandu Press

अमेरिकाको बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

काठमाडौं, पुस ८ : अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ।

प्रमुख कार्य....

अमेरिकाको बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

काठमाडौं, पुस ८ : अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ।

प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले संस्थामा आत्मविश्वास पुनर्स्थापित गर्न आवश्यक कदम भनेका छन्। निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गले दबाव झेल्दै आएका थिए । दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारहरूले पछिल्लो परिवर्तनलाई एउटा राम्रो कदम भनेका छन्।

Hardik ivf

यद्यपि मालनबर्गको ठाउँमा ल्याइएकाप्रति उनीहरूले आशङ्का व्यक्त गरेका छन्।  ग्राहकसम्म विमान पुर्‍याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन्।

बोइङले हाल कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा सभापतिमा नियुक्त गरेको छ। उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहिआएका छन्। काल्हूनले ज्यानुअरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्।

प्रकाशित मिति: ०६:५७ बजे, मंगलबार, पुस ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्