विश्वकप लिग २ : नामिबियासँग खेल्दै नेपाल
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल नामिबिया भ्रमणमा पहिलो जितको खोजीमा हुन्। यता नामिबिया भने लागतार दोस्रो जित निकाल्दै आफूलाई तालिकाम बलियो बनाउन चाहन्छ।
काठमाडाैं, मंसिर २१ : आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली नामिबियाको सामाना गर्दै छ। नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल नामिबिया भ्रमणमा पहिलो जितको खोजीमा हुन्। यता नामिबिया भने लागतार दोस्रो जित निकाल्दै आफूलाई तालिकाम बलियो बनाउन चाहन्छ।
नेपाल र नामिबियाबीचको यो सिरिजको दोस्रो खेल हो। पहिलो खेल वर्षाका कारण बीचमै रोकिएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । यता, नामिबियाको यो अन्तिम खेल हो। ऊ पहिलो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा उसले स्टकल्यान्डलाई ३ विकेटले हराएको थियो।
लिग–२मा लागातार खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता पनि जोखिममा परेको छ। नेपाल २२ खेलमा ८ जित मात्र निकाल्दै पुछार बाट दोस्रो स्थानमा छ।
यता, नामिबिया भने २९ खेलमा ३५ अंक जोड्दै तेस्रो स्थानमा छ। लिग–२मा ४४ अंक जोडेको स्कल्यान्ड शीर्ष स्थानमा रहँदा ४४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ।











