रामोस बने विश्वकपको ह्याट्रिक गर्ने पहिलो खेलाडी
पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषले आश्चर्यजनक रुपमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई पहिलो रोजाईमा राखेका थिए। २१ वर्षीय रामोसले प्रशिक्षकको निणर्यलाई सही सावित गरेका छन्।
काठमाडौं, मंसिर २१ : पोर्चुगिज युवा स्ट्राइकर गोन्सालो रामोस कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
पहिलो पटक पोर्चुगिज टिमबाट स्टार्टिङ गरेका रामोसले अन्तिम १६ अन्तर्गत स्वीट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेका हुन्।
पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषले आश्चर्यजनक रुपमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै रामोसलाई पहिलो रोजाईमा राखेका थिए। २१ वर्षीय रामोसले प्रशिक्षकको निणर्यलाई सही सावित गरेका छन्।
रामासले १७औं मिनेटमा खेलको पहिलो र विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए। त्यसपछि उनले ५१औं र ६७औं मिनेटमा गोल गदै कतार विश्वकपको र पोर्चुगलका लागि आफ्नो पहिलो ह्याट्रिक पुरा गरे।
बेन्फिकाबाट व्यवायिक फुटबल गर्ने रामोसले पोर्चुगलका लागि यसअघि ३ खेलमा गोल गरेका थिए। खेलेका छन्। बेन्फिकाबाट भने उनले उत्कृष्ट खेल खेल्दै १४ गोल गरेका छन्।