रामोसको ह्याट्रिकमा स्वीट्जरल्यान्डमाथि पोर्चुगलको सानदार जित
पोर्चुगललाई सानदार जित दिलाउन रामोसको ह्याट्रिकसँगै पेपे, राफाइल गुइरेरो, राफा लियोले गोल गरे। पोर्चुगलले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल गरेको थियो।
काठमाडौं, मंसिर २१ : कतार विश्वकपको अन्तिम १६ को अन्तिम खेलमा पोर्चुगलले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलको युवा स्ट्राइकर गोन्सालो रामोसको ह्याट्रिक मद्दतमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ६-१को सानदार जित निकाल्यो।
यो जितसँगै पोर्चुगलले क्वार्टरफाइलनमा स्थान बनाएको छ । अब उसले सेमिफाइनल प्रवेशका लागि अफ्रिकन मुलुक मोरक्को सामाना गर्ने छ। पोर्चुगल तेस्रो पटक क्वार्टरफाइनल पुगेको हो। यसअघि २००६ र १९६६मा क्वार्टरफाइलन पुगेको थियो।
पोर्चुगललाई सानदार जित दिलाउन रामोसको ह्याट्रिकसँगै पेपे, राफाइल गुइरेरो, राफा लियोले गोल गरे। पोर्चुगलले पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल गरेको थियो।
प्रशिक्षक फर्नान्डो सान्तोषले आश्चर्यनजक रुपमा स्टार्टिङ इलाभेनमा केही परिवर्तन गरेका थिए। उनले सुपरस्टार क्रिस्टियानो रोनाल्डो, डिफेन्डर जोआ क्यान्सेलो र रुवेन नेभेसलाई बेन्चमा राख्दै गोन्सालो रामोस, ओटाभियो र विलियम काल्भार्होलाई मौका दिएका थिए।
खेलको १७औं मिनेटमा रामोसले जोआ फेलिक्सको पासमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो पटक पोर्चुगिज टिममा सुरुवाती टिममा परेका उनको प्रतिस्पर्धात्मक खेलको पहिलो गोल हो।
३३औं मिनेटमा भेट्रान डिफेन्डर पेपेले पोर्चुगलको अग्रता दोब्बर बनाए। उनले ब्रुनो फर्नान्डेसको कर्नरमा हेड गोल गरेका थिए। पोर्चुगलका लागि ४ वर्षपछि गोल गरेका पेले विश्वकपका नकआउटमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने।
पहिलो हाफमा २ गोलको अग्रता लिएको पोर्चुगल दोस्रो हाफमा थप आक्रमक बन्यो। ५१औं मिनेटमा रामोसले पोर्चुगलका लागि तेस्रो गोल गरे। ५५औं मिनेटमा गुइरेरोले गोल गरेपछि पोर्चुगल ४-०को सहज अवस्थामा आयो। ५८औं मिनेटमा म्यानअल एकान्जीले गोल गर्दै स्वीट्जरल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे।
त्यसपछि ६७र्औं मिनेटमा गोल गर्दै रामोसले कतार विश्वकपको पहिलो ह्याट्रिक पुरा गरे। यो उनको राष्ट्रिय टिमका लागि पनि पहिलो ह्याट्रिक हो। उनी ६० वर्षपछि विश्वकपमा ह्याट्रिक गर्ने कान्छा खेलाडी पनि बने।
इन्जुरी समयको दोस्रो मिनेटमा राफा लियोले गोल गरेपछि पोर्चुगलले ६१ले विजयी भयो। यो पोर्चुगलको विश्वकपको नकआउटको सबैभन्दा फराकिलो जित हो।











