Kathmandu Press

गोलकिपर बोनो नायक बन्दा मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा

गोलकिपर यासिन बोनाले ३ पेनाल्टी बचाएपछि उपाधि दाबेदार मानिएको स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइलनमा प्रवेश गरेको छ।
गोलकिपर बोनो नायक बन्दा मोरक्को पहिलो पटक क्वार्टरफाइनलमा

काठमाडाैं, मंसिर २० : कतार विश्वकपको पेनाल्टी सुटआउटमा पनुः एकपटक गोलकिपर चक्किएका छन्। गोलकिपर यासिन बोनाले ३ पेनाल्टी बचाएपछि उपाधि दाबेदार मानिएको स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइलनमा प्रवेश गरेको छ।

स्पनेले लागतार तीन पेनाल्टी मिस गरेपछि मोरक्को स्पेनमाथि ३(०को जित निकाल्यो । योसँगै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनमा पुग्न सफल भएको छ।

स्पेनिस क्बल सेभियाका गोलकिपर बोनोले कार्लोस सोलेया र कप्तान सर्जियो बुस्केट्सको पेनाल्टी सहजै रोकेका थिए भने पाब्लो सराबियाको प्रहार पोस्टामा लागेको थियो।

यता, मोरक्कोका लागि हाकिम जियाच, अब्देलहामिद सबेरी र अचरफ हाकिमीले गोल गर्दा बादर बेनोउनको प्रहार स्पेनका गोलकिपर उनाइ सिमोनले रोकेका थिए।

यता, लुइस एनरिकेको टिम लगातार दोस्रो पटक पेनाल्टीमा पराजित हुँदै विश्वकपको अन्तिम १६ बाटै बाहिरएको छ। यसअघि रुस विश्वकपमा उ आयोजक रुससँगै पराजित भएको थियो।

यता, दोस्रो पटक नकआउट पुगेको मोरक्कोले क्वार्टरफाइनल पुग्दै इतिहास बनायो।

निर्धारित समय र थप गरिएको ३० मिनेटमो समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले गोलका राम्रो अवसर सिर्जना गरेका थिए। केही प्रहार दुवै टिमको गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

प्रकाशित मिति: २३:४५ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्