Kathmandu Press

विश्वकप फुटबल : प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
विश्वकप फुटबल : प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

काठमाडौं, मंसिर २० : विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैछन् । 

आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । 

यता मोरक्कोको पनि यही योजना हुनेछ । आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता स्वीजरल्यान्डको पनि यही योजना हुनेछ ।

प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्