Kathmandu Press

सुदूरपश्चिमले यू–१९ क्रिकेट उपाधि

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा लुम्बिनी प्रदेशमाथि ६ विकेटले जित निकाल्दै सुदूरपश्चिमले लागतार दोस्रो पटक यू–१९ क्रिकेटको उपाधि जितेको हो।
सुदूरपश्चिमले यू–१९ क्रिकेट उपाधि

काठमाडाैं, मंसिर १९ : यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा लुम्बिनी प्रदेशमाथि ६ विकेटले जित निकाल्दै सुदूरपश्चिमले लागतार दोस्रो पटक यू–१९ क्रिकेटको उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दैै लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि सुदूरको लागि गजेन्द्र बोहोराले नटआउट ३९ रन बनाउँदा दिपक बोहोराले २५ र अनुराग सिंह २२ रन बनाए।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा  निर्मल गुरुङ र अभिषेक गौतमले १÷१ विकेट विकेट लिए।

त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमै अलआउट भयो। उसका आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीको इनिङ धरासायी बनाउने क्रममा सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिए ।

उपाधिसँगै सुदूरले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझायो।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्