आजका खेल : जापान भर्सेस क्रोएसिया र ब्राजिल भर्सेस दक्षिण कोरिया
पहिलो खेल राति ८ः४५ बजे जापान र क्रोएसियाबीच प्रतस्पर्धा हुँदैछ । यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ।
काठमाडौं, मंसिर १९ : कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा सोमबार राउण्ड अफ १६ अन्तर्गतका दुई खेल हुँदैछन् ।
पहिलो खेल राति ८ः४५ बजे जापान र क्रोएसियाबीच प्रतस्पर्धा हुँदैछ । यी दुईबीचको खेल अल जानुब रंगशालामा हुनेछ। जापान समूह ‘ई’ बाट विजेता बन्दै र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।
यस्तै राति १२ः४५ बजे स्टेडियम ९७४ मा दोस्रो खेल ब्राजिल र दक्षिण कोरियाबीच हुँदैछ। दुवै टिममध्ये जित निकाल्ने टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
प्रकाशित मिति: ०८:५२ बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











