Kathmandu Press

ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित

विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ब्याटिङ नचलेपछि नेपाल स्कटल्यान्डसँग पराजित भएको छ।
ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित

काठमाडौं, मंसिर १८ : विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ब्याटिङ नचलेपछि नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। विन्डहोकमा भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो ।

टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले २९।५ ओभरमा भेट्टायो । उसका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४३ रन बनाउँदा ब्रान्डन म्याकमुलेन ३२ र मिचेल लेइस्कले २२ रनको योगदान दिए।

उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि सागर ढकाल, ललित राजवंशी र गुल्सन झाले समान २ विकेट लिए।

त्यअघि पहिला ब्याटिङ गरेको नेपाले निकै खराब ब्याटिङ ग¥यो । ८० रन बनाउँदा ४ विकेट गुमाएको नेपालले त्यसपछिका ६ विकेट ४६ रन बनाउँदा गुमायो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रन तथा अर्जुन साउदले १८ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले सम्हालिएर खेल्न नसक्दा नेपाल झिनो स्कोरमै समेटियो ।

नेपालको इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने मार्क वाटले २ विकेट लिए।

नेपालविरुद्धको यो जितसँगै स्कटल्यान्ड विश्वकप लिग–२को शीर्ष स्थानमा उक्लिएको छ। उसले ३० खेलमा २१ जित निकाल्दै ४४ अंक जोडेको छ। ३६ खेलमा २२ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ। नेपाल भने २२ खेलमा ८ जित मात्र निकाल्दै पुछार बाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति: २०:०१ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्