विश्वकप फुटबलमा आज दुई खेल
आजको खेलमा जित निकाल्दै दुबै टिम क्वाटरफाइनलमा स्थान बनाउने तयारीका साथ मैदानमा उत्रदै छन् ।
काठमाडौं, मंसिर १८ : विश्वकप फुटबलको नकआउट चरणमा आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा अल थुमाम स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा जित निकाल्दै दुबै टिम क्वाटरफाइनलमा स्थान बनाउने तयारीका साथ मैदानमा उत्रदै छन् ।
आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











